काठमाडौं । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा पनि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन भक्तपुर नगरका टोल टोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।
भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता (आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकिसी जात्रा गरी आठ दिनसम्म मनाइन्छ ।