राप्ती । राप्ती नगरपालिकाको भण्डारादेखि ५०० मिटर उत्तरतर्फ चेपाङ मार्गमा बोलेरो पल्टिँदा बोलेरोमा सवार १२ यात्रु घाइते भएका छन । घाइतेमध्य २ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरि उपचारको लागि भरतपुर पठाएको छ । मंगलबार दिउँसो भण्डाराबाट हात्तिढापतर्फ जादै गरेको ना ५ प १६१६ नम्बरको बोलेरो चेपाङ मार्गअन्तर्गत शिखर डाँडा भन्ने स्थानमा पल्टिएको हो । उकालो सडकमा बोलेरोको ब्रेकले काम नगरेको र ब्याक भएर भित्तातर्फ पल्टिएको घाइते यात्रुहरुले बताएका छन ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।