चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर १ का सागर लामा रहेका छन् भने सोही स्थानका कृष्ण लामा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राति ८ बजेको समयमा कृष्ण लामा, सागर लामा र अर्का साथी शक्ती गुरुङ राप्तीको ड्याम साइडमा घुम्न गएको समयमा जंगली हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट कृष्ण लामा सामान्य घाइते र गुरुङ भाग्न सफल भएका थिए भने सागर लामा बेपत्ता भएका थिए ।
सागर लामालाई खोजतलास गर्ने क्रममा आज बिहान ७ बजेर ५० मिनेटको समयमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ खयरघारीस्थित लोथर खोलाको पारी पट्टि मृत अबस्थामा फेला परेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।