काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली आउँदो आइतबार सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार सोही अनुसार तयारी भइरहेको छ ।
“मतदाताको अन्तिम नामावली चैत १३ गते टुंगिन्छ,” उनले भने ।
यसैबीच आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । शुक्रबारको बैठकले शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।