नारायणगढ ,चितवन । हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनको एक्काइसौं वार्षिकोत्सव सम्पन भएको छ l राज्यले साहित्य क्षेत्रलाई उचित सम्मान नगरेको र स्रस्टा तथा साहित्यकारहरुलाई अपहेलना गरेको नेपाली गजल साहित्यका विराट प्रतिभा बरिष्ठ गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीले गुनासो गरेका छन l हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनको एक्काइसौं बार्षिकोत्सव समारोहको उद्घाटन तथा प्रमुख आतिथ्यता उनले उक्त कुरा बताएका हुन् l
भरतपुर चितवनमा रहेको सगुन पार्टी प्यालेसको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जलि’को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा साहित्यकार, पत्रकार, नेपाली गीतसंगीतका साधकहरूलाई सम्मान साथै पुरष्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा चितवनका साधक जगन्नाथ पण्डित, सुरज पौडेल, काठमाडौंकी रुकु कार्की, काठमाडौँका सञ्चारकर्मी अच्युत घिमिरे, सिक्किम गान्तोककी गीतकार भक्ति शर्मा, चितवनका वसन्त मोहन अधिकारी, चितवनका पत्रकार तुलमान गुरुङ, बाग्लुङका गजलकार हरि चालिसे एबिसी, नवलपरासीका स्रष्टा निर्दोष जीवन, हेटौडाका गीतकार हेमन्त ढुङेल र पाँचथरका मधु केरुङ केवालाई गजल रत्न पुरस्कार एवम् कोहलपुर बाँकेकी गजलकार नमिता बराललाई गजल श्री पुरस्कार साथै सिक्किमकी अर्का गीतकार कवि लुइस बिष्टलाई पनि सम्मानित गरिएको थियो ।
सोही कार्यक्रममा गजलकार रामजी रानाभाटको गजलसङ्ग्रह ” तिम्रो सहरमा” पुष्प अधिकारी अञ्जलिद्वारा सम्पादित ५२ जना गजलकारहरूको गजलसङ्ग्रह हैसियत गजलसङ्ग्रह भाग-५ र प्रतिष्ठानको मुखपत्र हाम्रो मझेरी साहित्यिक पत्रिकाको ५७ अङ्क विमोचन गरिएको थियो ।
देशका सात प्रदेशमा रहेका साहित्यकारहरू सहभागी रहेको सो कार्यक्रमको सञ्चालन सचिव सुवास अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रभाकर पन्डितले गर्नुभएको थियो ।