जनकपुरधाम – कंचन कुमारी पंजियारको बलात्कार गरेर हत्या गर्ने एकजनालाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।
घटना भएको चार दिन पछि प्रहरीले बलात्कार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला थाना काकोरी ग्राम पञ्चायत काकोरी वडा नं. ११ बण्डाखेराका ३२ वर्षीय दिपु सिंहलाई सार्वजनिक गरेको हो ।
बुधबार मृतक कंचन आँप टिप्न चौधरी र मिश्र इन्ड्रष्टिजमा जाँदा सिंहले आँप दिने भन्ने प्रलोभन देखाई ललाई फकाई सो इन्ड्रष्टिजको पछाडि पट्टीको बँगैचाको एकान्त कुनामा लगी बलात्कार गरेर मुख थुनी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।