काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । बिहीबारदेखि रोकिएको बैठक असार २४ गते बुधबारसम्म स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
स्थायी कमिटी बैठक रोकिएपछि अहिले दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । केहीबेरपछि सुरु हुने बैठकमा दुई अध्यक्षबीच सहमतिको साझा विन्दु खोजी गरिने थापाले जानकारी दिए ।