चितवन । चितवनको कालिका नगरपालिकामा गाई काटेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिकाको वडा नं. ३ दुईसय विगहा बस्ने भीमवहादुर तामाङ रहेका छन् । स्थानीय प्रसिद्ध टोलमा स्थित सन्तबहादुर तामाङको घरमा १२ बजेराती गाईकाटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सन्तवहादुरको घर पछाडी रहेको गोठमा मासु भाग लगाउने क्रममा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । उनीहरुबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेनेरि विशेषज्ञ लगायतको उपस्थितीमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडिएको वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजालले जानकारी दिए । गाईकाटेको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
source : Bubulkhabar