नारायणगढ–मुग्लीङमा सडकखण्ड पहिरो खस्दा सडकखण्ड अवरुद्द भएको छ । अविरल बर्षात्का कारण सडकखण्डको ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै आज बिहान ५ बजेको समयमा पहिरो खस्दा दुई तर्फी नै सडक अवरुद्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिरो खस्ने क्रम जारी नै रहेकाले तत्काल पहिरो हटाउन कठिनाई भएको समेत चितवन ट्राफिकले बताएको छ । बाटो खुलाउनको लागि आवश्यक पहल र प्रयास जारी रहेको छ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।