चितवन-अबिरल बर्षातको कारण नारायणी नदीमा आएको बाढीले नदी किनारमा बनाएको हात्तीको दुईवटा मुर्ती मध्ये एउटा बगाएको छ । पानीको बहाब बढे संगै नारायणी नदिले जलसतहको सतर्कता तह पार गरेको छ।
निरन्तर परिरहेको पानीले पानीको बहाब झन बढ्दो क्रममा छ। नारायणी नदी वरिपरिका स्थानीयलाई उच्च सावधानी अपनाउन चितवन प्रशासनले आग्रह गरेको छ। देवघाट स्थित जलमापन केन्द्र को पछिल्लो विवरण अनुसार नारायणी नदीमा पानीको बहाव खतराको विन्दु पार गरेको छ।
जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगीसकेको छ। सात दशमलब तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ।
नारायणगढ पुल नजिक भने पानीको सतह चेतावनी विन्दुमा छ। नारायणी पुलनजिक भने नदीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ। पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चेतावनीको तह नाघेको मानिन्छ। निरन्त परिरहेको वर्षाले नदीको बहाव बढ्दो क्रममा नै रहेको छ।