काठमाडौँ– नेपालमा ६ वर्षीया बालिकासहित ९ जनाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेका छ।