गायक एवं संगीतकार निमा दोङ र गायिका पुजा तामाङको संयुक्त आवाज रहेको ‘ए बिना’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायक टुल्साङ तामाङ मोक्तान र नायिका रोश्नी ब्लोनले अभिनय गरेका छन् । भिडियोमा रोश्नी र टुल्साङलाई रोमान्टिक देखाइएको छ । “ए बिना” बोलको गीतमा शब्द र संगीत निमा दोङकै रहेको छ । सार्वजनिक गीतमा संगीत संयोजन चान्द सिँहको रहेको छ । भिडियोमा भीम बहादुर तामाङको छायाँकन, युद्ध लामाको कोरियोग्राफी, सुर्य लामाको कलर रहेको छ ।
टुल्साङ तामाङ मोक्तानले नायकको भूमिका निर्वाह गरेका तामाङ चलचित्र खसु न्हाङ्ला दिनी, दोखाङलाई दर्शक स्रोताले निक्कै रुचाएका छन् । प्रेमिल शब्दले भरिपूर्ण “ए बिना” ले सांगीतिक बजारमा चर्चा पाउने अपेक्षा गरिएको छ । भिडियोलाई तामाङ चलचित्रकै नायक अमिर दोङले सम्पादन र निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस :