काठमाडौं । अनशनरत डा केसीसँग मध्यरातमा सहमती जुटेको छ । सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएको हो ।
२७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।
डा. केसीले आज विहान साडे नौ बजे अनसन तोड्ने पनि सहमति भएको छ ।
सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।
अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।
हेर्नुस् सहमतिका बुँदाहरू