वेष्ट मोडल फिमेल २०२० को अवार्ड टिकटक स्टार, सुन्दरी मोडल समीक्षा पोखरेलले हात पार्न सफल बनेकी छन् । तेश्रो नेशनल पावर न्युज म्युजिक अवार्डमा उनले “तिम्लाई मुटु भित्र” वोलको गितबाट यो अवार्ड हात पार्न सफल बनेकी हुन् । चलचित्र निर्देशक एंव ईभेन्ट अर्गनाईजर माधव राज खरेलले यो अवार्ड निश्पक्ष र स्वच्छ वातावरणमा गरिएको वताए । राजधानिमा आयोजीत उक्त अवार्ड पाएकोमा समीक्षा आयोजक प्रति निकै आभारी वनेको वताईन ।
यसअघि ईपीक म्युजिक अवार्डबाट यो बर्षको पप तथा आधुनिक बिधाबाट उत्कृष्ट मोडल फिमेलको अवार्ड समेत समिक्षा पोखरेल जित्न सफल भएकी छन् । सानै उमेर देखि मोडलिङ्ग मा रुचि राख्ने समिक्षाले ‘ए सानी’ बोलेको म्युजिक भिडियोबाट अवार्ड हात पारेका थिईन
। मोडलिङ्ग को साथमा समाजसेवा पनि आफ्नो मुख्य उद्देश्य रहेको बताउने समीक्षाले सामाजिक कार्यबाट स्नातक गरिसकेकी छन् । हाल म्युजिक भिडियोमा व्यस्त रहेकी उनको नयाँ म्युजिक भिडियो ट्रेण्डीङमा रहेको छ । ”छुट्टने मायालाई”एस थ्री के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको भिडियो देबेन्द्र कुँवरको निर्देशनमा बनेको हो भने भिडियोमा समिक्षा पोखरेल सँगै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठका डुव्लीकेट भनेर चिनिने प्रकाश चन्दले अभिनय गरेका छन् ।