नायिका वर्षा सिवाकोटी स्किन सिटी हस्पिटलको कार्यकारी निर्देशक भएकी छिन् । उनि नेपाल मेडिसिटी हस्पिटल अन्तर्गतको स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त भएकी हुन् । छाला, कपाल तथा नङसँग सम्बन्धित उपचार गर्ने स्किन सिटीमा नियुक्त भएपछि वर्षाले स्किन सिटीलाई नयाँ उचाइमा लैजाने पहिलो प्रतिबद्धता हुने बताइन् ।
वर्षाको स्किन सिटीमा शेयरसमेत रहेको बुझिएको छ । उनले चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढेको बताइन् । ‘फिल्म उद्योगमा निकै लोकप्रिय मानिने वर्षा व्यापारिक रुपमा पनि आफू सफल हुने आशा राखेकी छिन् ।
हाल भैंसेपाटीमा रहेको स्किन सिटी विस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने अभिनेत्री सिवाकोटीको भनाई छ ।
अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङसँग सम्वन्धित कुनै पनि समस्याको खोज, समाधान र उपचारमा हामीले अनुभवी डाक्टरबाट अत्यन्तै आधुनिक प्रविधिबाट उपचार गर्नेछौं ।’