काठमाडौं । माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि ललितपुरमा सुरु हुँदैछ । अध्यक्ष केपी ओलीको निर्णयबाट असन्तुष्ट यस समूहले ललितपुरको सानेपामा आज र भोली दुई दिन भेलाको आयोजना गरेको हो ।
सोमवार बानेश्वरमा बसेको यस समूहको केन्द्रीय सदस्य तथा सांसदको बैठकले राष्ट्रिय कार्यकर्ता भेला तय गरेको थियो ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमालेको २८ गतेको बैठक एकपक्षीय रुपमा बसेको र अवैधानिक निर्णय गरेको भन्दै नेपाल समूह रुष्ट बनेको छ ।
सो समूहले मंगलबाट अध्यक्ष केपी शर्मा ओलीद्वारा आयोजित चियापान कार्यक्रम समेत बहिष्कार गरेको थियो ।