काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । त्यस अनुसार पेट्रोल ११८ रूपैयाँ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पुगेको छ ।