गायक संगीतकार टम्पसेर राईको ” तिम्रो साथ होस् ” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सायरा क्रियसन नामक युटुब बाट गीतको भिडियोलाई सार्वजनिक गरिएको हो ।
गायिका मेलिना राई र टम्पसेर राई स्वर रहेको गीतमा सब्द संगीत टम्पसेर राई कै रहेको छ भने संगीत संयोजन आमोस तामांगको रहेको छ । भिडियोमा आयुष बराली र सुरबिना कार्कीको अभिनयलाई देख्न सकिन्छ । त्यस्तै , भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन भने निर्देशक निकेश खड्कले गरेका हुन् ।
भिडियो हेर्नुहोस :