काठमाडौं । नेपालमा थप दुई हजार ७६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख १७ हजार ९४७ पुगेको छ।
हालसम्म पाँच लाख ४९ हजार ६८२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर चार हजार २० सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर ५९ हजार ६२४ सक्रिय सङ्क्रमित रहेका छन्।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ४४ सङ्क्रमितको मृत्यु भएको छ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ६४१ पुगेको मन्त्रालयले जनाएको छ।