काठमाडौं । १६ औंँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा स्पेन प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।
स्पेनले पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । पेनाल्टीमा स्पेनका डेनी ओल्मो, ग्रान्ड मोरेनो र मिकेल ओल्जाबर्गले गोल गर्दा सर्जियो बुस्केटले गोल गर्न चुकेका थिए ।
खेलकाे ७७ औँ मिनेटमा रेमाे फ्रेउलरले राताे कार्ड पाएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएकाे थियाे । त्यसपछि स्विट्जरल्यान्डकाे लय बिग्रिएकाे थियाे । तर, स्विट्जरल्यान्डका गाेल किपर यान साेम्मरले उत्कृष्ट बचाउ गरेपछि खेल पेनाल्टीसम्म पुगेकाे थियाे ।