काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सफल टोलीको रुपमा रहेको चिलीलाई हराउँलै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको हो ।
शनिबार बिहान भएको दोस्रो क्वाटरफाइनलको खेलमा चिलीलाई १–० गोल अन्तरले हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो । ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफको सुरुवात मै गोल गरेको हो । दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल ब्राजिललाई जित दिलाउन पर्याप्त रह्यो ।
उनले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए । खेलको ५० औं मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित भएको थियो ।
ग्याब्रियल जिसस रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ ।
शनिबार बिहान नै भएको अर्काे खेलमा पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा पुगेको छ ।
निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउट मार्फत गरिएको थियो । जसमा पेरु ४–३ ले विजयी भयो ।