काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् । आज क्वाटरफायलनका अन्तिम दुई खेल हुन लागेको हो ।
आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क प्रतिस्पर्धा गर्न लागेका हुन् । ओलम्पिक स्टेडियममा हुने चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा युक्रेन र इङ्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । इङ्ल्यान्ड प्रतियोगिताको उपाधि दावेदार टोली हो । इटालीको रोमामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेलमा दुबै टोलीको लक्ष्य जित हो ।