काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार देशका विभिन्न प्रयोगशालामा ४८७६ जनाको पीसीआर र ३२५६ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा नयाँ संक्मित फेला परेका हुन।
त्यसमध्ये काठमाडौं उपत्यकाका ४६१ जना रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा
२५५२ संक्रमित कोरोना मुक्त भएका छन्। र २७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।