नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जना नयाँ कोरोना संक्रमित थपिएका छन भने कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।
७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार २११ जना निको भएका छन् ।