काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिक सार्वजनिक गरेको छ।
अदालतमा मुद्धा चलिरहेकै बेला निर्वाचन आयोगले सोमवार मध्यावधि चुनावका कार्यक्रम सार्वजनिक गरेको हो।
आयोगकाका अनुसार दुई चरणको निर्वाचन कार्यक्रममा उम्मेदवारी मनोनयन दर्तादेखि मतगणनासम्मका बुँदा समेटिएका छन्।
दुवै निर्वाचन प्रणाली अर्थात् पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर ३ गते नै शुरू गरिने आयोगको कार्यक्रममा उल्लेख छ।