नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । सर्वोच्च अदालतको परमादेशसँगै अोली प्रधानमन्त्रीको दौडबाट बाहिरिएका थिए । अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त गर्न परमादेश दिएको थियो ।
ओलीले सरकारी निवास छोड्दै गर्दा बालुवाटारमा ठूलो संख्यामा कार्यताहरु भेला भएका थिए ।
ओलीलाई स्कर्टिङ गरेर बालकोटसम्म पुर्याउनका लागि कार्यकर्ताहरु भेला भएका हुन् ।
ओलीको स्वागतमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला भएका छन् ।
२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।