काठमाडाैं- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथसँगै आफ्नो मन्त्रीमण्डलमा चारजना मन्त्री नियुक्त गरेका छन्।देउवा मन्त्रीमण्डलमा नियुक्त हुने मन्त्रीहरुमा बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाः जलस्रोत, सिँचाइ तथा ऊर्जामन्त्री रहेका छन्। खाँण र कार्की नेपाली कांग्रेस तथा शर्मा र भुसाल माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेका हुन्।
नवनियुक्त मन्त्रीहरुलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्।