ओलीको पक्षमा रावल लागेसँगै सुदूरपश्चिमको राजनीतिमा पनि फेरबदल आउने जस्ताइ निस्चित भएको छ ।ओली र नेपालबीच अन्तरसंघर्ष हुँदा सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षको बोलवाला हुनुमा रावलको प्रभाव रहेको मानिएको थियो। रावलकै कारण माधव नेपाल बलियो भएको अनुमान थियो। सुदूरपश्चिममा रावलका कारण माधव नेपाल नभई नेपालका कारण रावल बलियो बनेको घटनाक्रमले पुष्टि गरेको छ।
‘सदुरपश्चिममा भीम रावलबाहेक पार्टीमा अरू व्यक्ति छैनन् भन्ने काठमाडौंलाई परेको थियो। पार्टीले एउटै व्यक्तिलाई बलियो र शक्तिशाली बनाउँदा पनि यस्तो भएको हो,’ उनले भनिन्,’पार्टीले एउटै व्यक्तिलाई सोध्ने र त्यसकै आधारमा निर्णय गर्दा धेरै व्यक्ति आजित भएका थिए। एकसेएक क्षमता भएका थिए तर बाहिर एक्स्पोज हुन पाएका थिएनन्। घटनाक्रमले कसको शक्ति कति छ भनेर देखाइदियो।’
पार्टीभित्रको अन्तरसंघर्षमा वैचारिक र सैद्धान्तिक आधारमा लागेको भन्दै उनले कुनै व्यक्ति हेरेर नलागिएको बताइन्। आफूहरू एउटा निश्चित नेताको लागि भन्दा पनि विचार र मुद्दाको लागि लडेको शाहले बताइन्।
‘जब माथिका नेताहरू मुद्दा र विचारभन्दा निहित स्वार्थमा लागे। हामी यो उमेरका भयौं अब कहिले संघर्ष गर्ने भन्न थालेपछि हामीले विद्रोह गरेको हो,’ उनले भनिन्,’यो विद्रोहले सुदूरपश्चिममा पार्टी बनाउने ठूलो पंक्ति छ भन्नेसमेत देखाएको छ।