काठमाडौ ।नेपाल रेलवे कम्पनी लिमिटेडमा हाजिर गर्न नदिई हटाएका ज्यालादारी कर्मचारीहरु आन्दोलनको संघर्षमा उत्रिएका छन । कम्पनीका महाप्रबन्धक निरञ्जन कुमार झा ले शुक्रबार सुचना जारी गर्दै तत्कालिन ब्यबस्थापनले ज्यालादारीमा राखेका कर्मचारीहरुलाई हाजिर गर्न रोक लगाउनु भएको थियो ।
कर्मचारीहरुले आफू खुशी दैनिक रुपमा हाजिर गरिरहेको भन्दै झा ले हाजिर गर्न सचेत गराईपछि कर्मचारीहरु आन्दोलित भएका हुन । कर्मचारीहरुले आफुहरुलाई नियतबस हटाईएको भन्दै आइतबार आन्दोलन गर्दै बिरोध गरेका छन । उनिहरुले हाल सम्मको पारिश्रमिक पाउनु पर्ने माग गरेका छन ।
आन्दोलनरत कर्मचारीले झाले राजनीतिक प्रतिसोधले आफुहरुलाई हटाईएको आरोप पनि लगाईएको छ । यस बिषयमा नवलपुर टुडेको टेलिफोन सम्पर्कमा कसै संग पूर्वाग्रह र प्रतिसोधको भावना नरहेको र राज्यको ढुकुटी जोगाउन ज्यालादारी कर्मचारीलाई हटाइएको जानकारी दिनुभयो ।
यसअघि नेपाल रेलवे कम्पनीका तत्कालिन महाप्रबन्धक गोडु भट्टराईले १५१ जनालाई दैनिक ज्यालादारीमा भर्ना गर्नुभएको थियो । तर रेलवेको नयाँ प्रबन्धकमा नियुक्ति भएर आएको झा ले ती सबै कर्मचारीलाई हाजिरी गर्न नदिई हटाउनु भएको छ । प्रबन्धक झा ले कानुनी तथा प्राबिधिक कारणले जयनगर कुर्था खण्ड रेलवे संचालनमा आउन समय लाग्ने भन्दै हाजिर गर्नबाट कर्मचारीलाई बन्चित गर्नुभएको हो । उनले १५१ जना ज्यालादारी कर्मचारीलाई हाजिरी गर्न नदिइ हटाएको हो ।