राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवशरमा ५३१ कैदीबन्दीको सजाय माफ गरेकी छन् । मन्त्रिपरिषद्को भदौ २९ गते गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले कैद सजाय माफ गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार हर्कबहादुर राईसमेत ५२३ र बहादुर भन्ने किशोर भण्डारीसहित ८ जनाको कैद सजाय संविधान दिवसको अवसरमा माफी भएको हो ।