देशभर पछिल्लो २४ घण्टामा थप एक हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३८५ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ८३ हजार ९१० पुगेको छ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८८ हजार ८९० रहेको छ। पछिल्लो समय थप एक हजार २३४ जना निको भएका छन्।
यससँगै निको हुनेको सङ्ख्या सात लाख ४८ हजार ८०० पुगेको छ। निको हुनेदर ९५ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।