गुल्मी । अविरल वर्षासँगै मंगलबार राति गएको पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन जनाको मृत्यु भएको छ । घर माथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो ।
रेसुंगा नगरपालिका वडा नम्बर ८ थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिँदा १ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको छ ।
घटनास्थलमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी पुगिसकेको छ। प्रहरीका अनुसार घरमुली तिलक, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेका छन् ।