काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक मन्त्रीको भागबण्डा मिलाउन नसकेपछि बैठक भोलि (बिहीबार) पुनः बस्ने भएको छ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि भोलि पुनः बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको हो।
सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।
गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन्।