सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल ‘गाला राउन्ड’ का उत्कृष्ट दस प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारुप पार्ने (डिजाइनर) मा आरती प्रधान काफ्ले छनोटमा परेकी छन।
बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरोपमै पहिलो नेपाली हुन। पहिरन डिजाइनरका रूपमा आरतीले नेपाल र बेल्जियमबाट सम्बन्धित विधामा उच्च शिक्षा हासिल गरेकी छन। पछिल्लो समय विश्वमा आफ्नो सीप क्षमतालाई प्रयोग गर्दै जन्मभूमिको नाम राख्नमा नेपाली निकै नै अग्रसर छन् ।