सुनसरी । इटहरीका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
मेयरले महिला सेवाग्राहीलाई अपशब्द बोलेको भन्दै विरोधमा उत्रिएका महिलाहरूले उपमहानगरपालिका गेट अगाडि नाराबाजीसमेत गरेका छन् ।
बुधबार दिउँसो उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै कार्यालय अगाडि संयुक्त विरोध कार्यक्रमको ब्यानर टाँगेकामा प्रहरीले ब्यानर निकालिदिएपछि महिलाहरू झन् आक्रोशित बनेका हुन् । उनीहरूले चौधरीलाई कारवाही गर्न माग गर्दै नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।