काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ । २५ औँ वार्षिक साधारणसभा तथा १२ औँ केन्द्रीय अधिवेशनबाट वन्त अध्यक्षमा चुनिएका हुन् ।
केन्द्रीय अध्यक्षमा चुनिएका वन्तले फोटो पत्रकारहरूको हकहितमा दत्तचित्त भएर काम गर्ने बताए ।