काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारी आउने दसैँमा विवाह बन्धनमा बाँधिने भएका छन् । उनले आज सञ्चारकर्मी सोनिका अर्यालसँग ‘इन्गेजमेन्ट’ गरेका हुन् ।
विनोद र सोनिकाको आज काठमाडौंमा इन्गेजमेन्ट भएको हो । इन्गेजमेन्ट कार्यक्रममा दुई जनाको परिवार मात्र उपस्थित थिए । नेपाली टोलीका विकेटकिपर विनोदले दसैँ टीकाको दिन विवाह गर्ने कार्यक्रम रहेको उनले बताए ।