काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक–२०७८ प्रमाणीकरण गरेकी छन्।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सरकारले पेश गरेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए। विधेयक पारित भएसंगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ।
संघीय संसदको दुवै सदनबाट पारित गरिएको विनियोजन विधेयक प्रमाणिकरणका लागि आज सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयमा पठाइएका थिए।
गत सोमबार बसेको प्रतिनिधिसभा र बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले पनि विधेयक पारित गरेको थियो।