काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यसपटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशन आयोजना गरेको हो ।
महाधिवेशन ललितपुरको गोदावरीमा तीन दिनसम्म चल्ने छ । महाधिवेशन मुल आयोजक समितिका अनुसार ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पेश हुनेछ । अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
विधान महाधिवेशनमा निम्नानुसार प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
-केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु– १९६
-केन्द्रीय आयोग तथा परिषद्– २१३
-केन्द्रीय विभाग– ३१०
-जनसंगठन– २२०
-प्रदेश कमिटी– २२७१
-उपत्यका विशेष कमिटी– १९८
-सम्पर्क समन्वय कमिटी– ३६०
-जिल्ला कमिटीक पदाधिकारी– ३६४
-निर्वाचन क्षेत्रबाट– ४०७
-प्रवास क्षेत्र– १२६
– स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४
– एकता प्रक्रियाबाट समायोजन– ५३२
केन्द्रीय कमिटीबाट मनोनयन– ५६६
जम्मा– ६३४७