काठमाडौं । वैकल्पिक खेलाडी मनिष डाँगीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोलमा नेपालले साफ च्याम्पियनसिपको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले हराएको छ ।
शुक्रबार राति शुक्रबार राति मालेको नेशनल रंगशालामा भएको खेलको अन्तिम समयमा मनिष डाँगीले काउन्टर अट्याकमा गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । मनिष खेलको ६८औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए ।
साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो ।