काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सोमबार उनले प्रदेशवासीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
अब कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्नेछन् ।
शाहीले मुख्यमन्त्रीका रूपमा कर्णाली प्रदेश सरकारको तीन वर्ष ८ महिना १२ दिन नेतृत्व गरे ।