बाराबाट प्रहरीले १२ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–२ बस्ने २३ वर्षीय सुमन रुम्बा, २० वर्षीय बिजय थिङ र १९ वर्षीय अखिल मोक्तानलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति गाँजासहित पक्राउ गरेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित टेढा रोडमा उभिएका उनीहरुको झोला चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार ४ वटा पोकामा १२ किलो गाजा उनीहरुले बोकेका थिए । उनीहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको उनले बताए ।