भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ वजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ । तिहार लक्षित निर्देशन वुधबार जारी गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कुनै पनि आतिसवाजी, पटका, भुईचम्पालगायतको विस्फोटक पदार्थ विक्री वितरण गर्न नपाइने, जुवातास खेल्न नपाइने, स्वीकृति विना चिट्ठा, उपहार संचालन गर्न नपाइने, मेला महोत्सव गर्दा पूूर्व स्वीकृत लिनुपर्ने, होटल, किरानापसलले अनिवार्य मूल्य सूची राख्ने, कोभिड १९ मापदण्ड पालना गर्नेसम्बन्धमा निर्देशन जारी गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।