चितवन । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र न १ (क) प्रदेश सभापतिमा गणेश मल्ल ठकुरी निर्वाचित भएका छन् । निर्वाचनमा ठकुरीको प्यानलै विजयी बनेको हो । ठकुरीले १७६ मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्द्धी कृष्ण श्रेष्ठले १७५ मत प्राप्त गरे ।
ठकुरी मात्र १ मतले सभापतिमा निर्वाचित भएका हुन् । उपसभापतिमा राजु चौधरी र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सचिवमा संगीता चौधरी र दिपेन्द्र रोक्का निर्वाचित भएका छन् ।
यसैगर सह–सचिवमा कृष्णप्रसाद पाठक र पदम मोक्तान निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।