मनहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँपालिका वडा नं ७ को प्रथम वडा सम्मेलन भएको छ । सम्मेलनबाट गोविन्द घलानको अध्यक्षतामा २९ सदस्यिय वडा कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा बिक्रम थिङ, सचिवमा राजन गिरी, कोषाध्यक्षमा मिना सुनार र सह सचिवमा गोविन्द चेपाङ चयन भएका छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका सामाजिक बिकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लान, प्रदेश कमिटी सदस्य वीर बहादुर घलान (ज्वाला), गायक चेतन सापकोटा, प्रदेश सल्लाहकार रामहरी सुवेदी, जिल्ला सचिवालय सदस्य बनस्तम थिङ, राजकुमार पाख्रिन, मनहरी गाउँकमिटी अध्यक्ष रामप्रसाद कलाखेती, राक्सिराङ्ग गाउँकमिटी अध्यक्ष हस्त बहादुर मुक्तान लगायतको उपस्थिति रहेको थियो ।
१५० जना माओवादी केन्द्रमा प्रवेश
कार्यक्रमका क्रममा राक्सिराङ्ग गा पा ६ नं वडा र मनहरी गाउँपालिका वडा नं ७ र ६ बाट १५० जना अन्य पार्टी त्यागेर माओवादी केन्द्र प्रवेश गरेका छन । सागर वि क, सबिन प्रजा, हरूण प्रजा लगायतको नेर्तत्वमा उनीहरु माओवादी प्रवेश गरेको पार्टीका राक्सिराङ गाउपालिा अध्यक्ष हस्तबहादुर मुक्तानले जानकारी दिए । उनीहरुलाई केन्द्रिय सदस्य कुमारी मोक्तान सहितका नेताहरुले फुलमाला तथा खादा ओडाएर स्वागत गरेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।