काठमाडौं । लोकगायक जयनन्द लामाको निधन भएको छ । ‘हल्का रमाइलो’ टेलिश्रृंखलामा सँगै काम गरेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)ले लामाको निधन भएको बताएका छन् ।
वि.सं. २०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले लामो समय लोकगीत-संगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए ।
सर्जक तथा स्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत-संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । गायनसँगै उनी अभिनयमा पनि सक्रिय थिए । उनले दजनौँ चलचित्रमा अभिनय गरेका थिए ।