काठमाडौं । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् ।
परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ विदेशमन्त्री वाङ आज बेलुकी काठमाडौं आइपुग्ने छन् ।
वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै शनिबार र आइतबारलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार (भोली) नेपाल–चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ ।
नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।