काठमाडौं । सञ्चारकर्मी रूपा सुनारमाथि जातीय विभेद गरेको आरोपमा दायर मुद्धामा काठमाडौं जिल्ला अदालतले बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई धरौटी तिर्न आदेश गरेको छ।
घरबेटी प्रधानसँगलाई अदालतले एक लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ।
बुधबार मुद्दाको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको हो।
अदालतले आज तोकेको धरौटी रकम छुवाछूत मुद्दामा हालसम्मकै धेरै भएको बताइएको छ।