नेपाली कांग्रेसको महाविधेशन कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने सहमति गरेको हो । दशै अगाडी पालिका तहको मात्रै अधिवेशन हुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
उनले भने, ‘दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अधिवेशन भएका जिल्लामा ९ गते गर्ने सहमति भएको हो ।