राप्ती, चितवन । प्रथम राप्ती नगरपालिका कपको उपाधि राप्ती नगरपालिका वडा नं. ९ ले उचालेको छ । बुधबार भएको फाइनल प्रतिस्पर्धामा राप्ती ७ लाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै राप्ती ९ ले उपाधि उचाल्न सफल भएको हो । खेलको चौथो मिनेटमा नै राप्ती ९ का लागि सन्तोष थिङले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको राप्ती ९ का लागि दोस्रो हाफमा पुन सन्तोष थिङले गोल गर्दै अग्रता दोब्बर बनायो । लगतै २ गोल थपेर जित सुनिश्चित गरेको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडी राप्ती ९ का सन्तोष थिङ र उत्कृष्ट गोलकिपर राप्ती ९ कै रोजन तामाङ र उत्कृष्ट डिफेन्डर राप्ती ७ का रोमन गुरुङ घोषित भए ।
प्रतियोगिताका बिजेतालाई बागमती प्रदेशका पुर्व कृषिमन्त्री तथा प्रदेश सभा सदस्य दावादोर्जे लामाले उपाधि हस्तान्तरण गरे । बिजेताले ७० हजार नगदसहित ट्रफि तथा मेडल पाएका छन । प्रतियोगिताको समापन समारोहमा राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिहं लामा, वडाअध्यक्षहरु, कार्यापालिका सदस्यहरुलगायत खेलप्रेमी दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । राप्ती नगर खेलकुद बिकास समितको आयोजनामा राप्ती नगरपालिकामा पहिलोपटक अन्त वडास्तरिय नकआउट फुटबल प्रतियोगिता अयोजना गरिएको हो ।
यसैबीच प्रतियोगिताको उपाधि उचालेको टीमलाई राप्ती ९ का अध्यक्ष देबेन लामाले उपाधि बराबरकै रकम पुरस्कार दिने घोषणा गरेका छन । खेलको उपाधि जितेका खेलाडी र वडाबासीलाई प्रोत्साहन गर्नका लागि आफुले सो पुरस्कार दिने घोषणा गरेको लामाले बताए ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।